
काठमाडौँ, १८ फागुन । आउँदो १० मार्चमा काठमाडौँमा हुने भनिएको ‘दबंग द टुर’ कार्यक्रम स्थगित भएको छ । बलिउड अभिनेता सलमान खानको उपस्थितीमा हुने कार्यक्रम तत्काललाई स्थगित भएको आयोजकले जनाएको छ । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव समूह’ले केहीदिन अघि कार्यक्रम स्थगित गर्न चेतावनी दिएको थियो । विप्लवको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको जनाएको छ ।















प्रतिक्रिया