४ कार्तिक २०८३, बुधबार

चर्चामा श्रीदेवीकी छोरीको पत्र, के थियो पत्रमा ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । हालै दुबईमा मृत्यु भएकी बलिउड अभिनेत्री श्रीदेवीले अक्सर बलिउड इभेन्टमा छोरी जान्ह्वीलाई आफू साथै सरिक गराउँथिन् ।

जान्ह्वीले पनि आमाकै पदचाप पच्छ्याउँदै बलिउडमा प्रवेश गरेकी हुन् । करण जौहरको फिल्म ‘धडक’बाट जान्हवीले बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्मको सुटिङ भइरहेको छ । छोरीको फिल्म हेर्ने अवसरबाट श्रीदेवी सधैका लागि बञ्चित भइन् । फिल्मकै कारण जान्ह्वीले पनि आफ्नी आमालाई अन्तिम अवस्थामा भेट्न पाइनन् ।

जान्ह्वीले आफ्नी आमाको लागि लेखेकी एक पुरानो पत्र अहिले सोशल मिडियामा भाइरल भएको छ ।

जान्ह्वीले पत्र फेमिना म्यागजिनमा लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘प्यारी आमा । म तपाईको समर्पण, इमान्दरी र प्रेरणाको कुरा सुनेर हुर्किएकी छु । म यी सबैको सक्षी हुँ । तपाईले आफ्नो जीवनमा जे जति गर्नुभयो, त्यसपछि मलाई महसुष भयो कि म संसारमा सबैभन्दा भाग्यमानी छोरी हुँ । म तपाईलाई सबैभन्दा बढी माया गर्छु ।’ – तपाईकी छोरी, जान्ह्वी

७ मार्चमा जान्ह्वी कपुरको जन्मदिन हो । जान्ह्वी आफ्नो हरेक जन्मदिन आमाका साथमा मनाउने गर्थिन् । तर, अब उनको जन्मदिनमा आमाको साथ हुने छैन ।

जान्हवीको पछिल्लो जन्मदिनमा श्रीदेवीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक विशेष पोस्ट शेयर गरेकी थिइन् ।

श्रीदेवीले भनेकी थिइन्, ‘कान्छी छोरी खुसी आफ्ना बुवा बोनीका नजिक छिन् । जबकी जान्ह्वी मलाई असाध्यै माया गर्छिन् ।’ – एजेन्सी