
काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ छलफल शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरु भएको छलफलमा सरकार विस्तारका विषयमा कुराकानी चलिरहेको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र प्रचण्डबीच संघीय समाजवादी फोरम नेपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।
वाम गठबन्धन फोरमलाई सरकारमा ल्याएर दुई तिहाइ पुर्याउने योजनामा छ । यसका लागि बुधबार नै फोरमसँग वाम गठबन्धनको लिखित सहमती हुने तयारी भईरहेको छ । फोरमले संविधान संशोधनको सुनिश्चितता खोजेको छ । औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्ने पक्षमा रहेको एमाले पछिल्लो समय केही लचिलो भएको छ ।
ओली–दाहालको छलफलपछि फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल हुनेछ । यादवसँग बुधबार निर्णायक वार्ता हुने बताइएको छ । फोरमसँगको छलफलमा दुवै पक्ष सकारात्मक भए लिखित सहमति गरेर हस्ताक्षर हुनेछ र बिहीबार सरकार विस्तार हुनेछ ।
निर्वाचनपछि फोरमले सरकारमा आउने संकेत देखाएपछि बाम गठबन्धन र फोरम अध्यक्ष उपेन्द्र यादवबीच पटकपटक वार्ता र छलफल हुदै आएका छन् । एमालेसँग एक्लै संसदमा १ सय २१, माओवादी केन्द्रका ५३ सांसद छन् । संसदमा कुल २ सय ७५ मध्ये १ सय ३८ भए सामान्य बहुमत पुग्छ । संसदमा दुई तिहाई पु¥याउन थप ११ सांसद चाहिन्छ । फोरमसँग १६ सांसद छन् ।















प्रतिक्रिया