
काठमाडौँ, १६ फागुन । बिहीबार र शुक्रबार मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ‘होली अफर’ उपलब्ध गराउने भएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले अफरको उपयोग गर्न सक्ने छन् । अफर बिहीबारदेखि आउँदो चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । यो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ ।
त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने टेलिकमले जनाएको छ ।
टेलिकमले एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक पनि उपलब्ध हुने जनाएको छ । नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । यो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने प्रवक्ता वैद्यले जनाइन् । होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्न सकिने छ ।















प्रतिक्रिया