
काठमाडौँ, १६ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित भएका छन् ।
जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक बिशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुसोभित गरेका हुन् ।
डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल बिश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल बिश्वबिद्यालयबाट सन् २०१६ मा पाँच बर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ) बिशेषज्ञता हाँसिल गरेका थिए ।
उनले बिश्वबिद्यालयको एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म बिभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमानै सर्वा्धिक अंक सहित सर्बोत्कृष्ट नतिजा हाँसिल गरेका थिए ।
डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबेटिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञका रुपमा कार्यरत छन् ।















प्रतिक्रिया