
काठमाडौँ, १५ फागुन । सानिमा बैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । अमरगढी र टिकापुर शाखा कार्यालय उदघाटन् बैंकका ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरतबहादुर थापाले गरे ।
तान्सेन शाखा कार्यालय उदघाटन् ब्राण्ड प्रवर्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह तथा संचालक भरतबहादुर थापाले संयुक्त रुपमा गरे । उदघाटन् समारोहमा सानिमा बैंकका संचालक थापाले समस्तद ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।
साथै, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । समारोहमा मह जोडीले नेपालको विभिन्न स्थानहरुमा थप शाखा संचालनमा आएकोमा सम्पूर्ण स्थानियवासीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वशनीय बैंकको रुपमा निरन्तर बिस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।















प्रतिक्रिया