३ कार्तिक २०८३, मंगलबार

पौडेलको गुटको भेला देउवा समूहद्वारा बहिष्कार, गगन पनि पुगे मिसिन

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्ने तयारी भइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको भेला बोलाएर चिया र नास्ता खुवाएका छन् ।

पौडेलले काठमाडौंको बोहराटारस्थित आफ्नै निवासमा प्रतिनिधि र राष्ट्रिय सभाका सांसद, केन्द्रीय सदस्य र आफू निकटका सीमित नेताहरूलाई बोलाएर नास्ता खुवाएका हुन् । पौडेलले सभापति शेरबहादुर देउवा निकटका सांसदहरूलाई पनि बोलाएका थिए ।

तर, देउवा निकटका नेता र सांसदहरूले पौडेलको नास्ता खाने कार्यक्रमलाई बहिष्कार गरिदिएका छन् । पौडेलको कार्यक्रममा सभापति देउवा पनि अनुपस्थित भएका छन् ।

पौडेलको नास्ता खाने कार्यक्रममा नेता कृष्णप्रसाद सिटौला निकटका गगनकुमार थापा, भीमसेनदास प्रधान, धना खतिवडासहितका नेताहरू उपस्थित थिए ।

नेता खुमबहादुर खड्कासँग नजिक मानिएका देवेन्द्रराज कँडेल, पुष्पा भुसालसहितका नेताहरू उपस्थित रहेको एक नेताले बताए ।

कार्यक्रममा नेता विजयकुमार गच्छदार, बालकृष्ण खाँणसहित देउवा पक्षका अन्य नेता सहभागी भएनन् । गच्छदार र खाँणले उपत्यकाबाहिर भएकाले आउन नसकेको जानकारी गराए पनि सभापति देउवासहितका अन्य नेताले कुनै जानकारी गराएनन् ।

वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले ४०–४५ जना सांसदहरूले गुटको भेलामा सहभागिता जनाएको बताए ।