१४ कार्तिक २०८३, शनिबार

विनाविभागीय मन्त्री बन्नबाट यसरी रोकिए पोखरेल

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १५ फागुन । उच्चस्रोतका अनुसार अर्थमन्त्रीमा पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएपछि प्रधानमन्त्री ओलीले नयाँ विकल्प प्रस्ताव गरेका थिए ।

खतिवडालाई अर्थमन्त्री बनाउन दृढ रहेका प्रधानमन्त्रीले ज्ञवालीलाई परराष्ट्र र पोखरेललाई विनाविभागीय मन्त्री बनाउने गरी आइतबार बेलुकीसम्म ‘कन्भिन्स’ गरिसकेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत विनाविभागीय मन्त्रीका रूपमा सातवटै प्रदेश सरकारको समन्वय गर्ने जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी थियो ।

तर, अन्तिममा विनाविभागीय जिम्मेवारीमा सरकारमा सहभागी नहुने संकेत गरेपछि प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।