३ कार्तिक २०८३, मंगलबार

मन्त्री भएकै दिन मात्रिका यादवको लफडा, यस्तो छ कारण

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । अघिल्लोपटक मन्त्री हुँदा अनेक तिकडम गरेर चर्चामा आएका माओवादी नेता मातृका यादवको यसपटक पनि मन्त्री बनेको पहिलो दिनमै लफडा भएको छ ।

सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका यादवले मन्त्री भएपछिको पहिलो निर्णयमा सही गर्न मानेनन् । मन्त्रीले पदभार ग्रहण गर्दा कुनै न एउटा निर्णय गर्ने परम्परा छ । तर, यादवले यो परम्परा तोडे । पदबहालीका क्रममा उनको टेबलमा मन्त्रीको हस्ताक्षर गर्नका लागि तयार राखिएको फाइल उनले त्यसै फकाईदिएका छन् ।

‘नपढीकन कुनै फाइलमा सही गर्दिन’ भन्दै फर्काइदिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुर एकछिन अलमलमा परेका थिए ।

यतिमात्र होइन, पदबहालीपछि कर्मचारीहरुलाई उनले धम्कीको भाषामा निर्देशन दिए । अनुशासन तोडेर गढबड गर्नेका लागि आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने भन्दै मन्त्री यादवले भने -‘म भाषण भन्दा पनि काम गर्न आएको हो । अहिले भाषण हैन काम गर्ने बेला हो । तपाईंहरुले मलाई गलत हुनबाट रोक्नुहोला, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ ।’

पहिलोपटक मन्त्री बन्दा उनी एलडीओलाई ट्वाइलेटमा थुनेर उनी चर्चामा आएका थिए ।