काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेकोप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रतिकृया दिएका छन् ।
डा भट्टराईले ट्वीटरमार्फत सोमबार नियुक्त भएका चारै जना मन्त्रिहरुलाई शुभकामना दिँदै भ्रष्ट र कमिसनखोरहरूको चंगुलमा नपर्न आग्रह गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘विस्तारित मन्त्रिमण्डलका चारै जना आआफ्ना क्षेत्रमा केही गर्नसक्ने व्यक्तिहरू छन् । सबैलाई सफलताको हार्दिक शुभकामना ! अरू केही गर्न नसके पनि भ्रष्ट र कमिसनखोरहरूको चंगुलमा नपरे मात्र पनि देश र जनताको भलो हुनेछ ! जय होस !’
विस्तारित मन्त्रिमण्डलका चारै जना आआफ्ना क्षेत्रमा केही गर्नसक्ने व्यक्तिहरू छन्! सबैलई सफलताको हार्दिक शुभकामना! अरू केही गर्न नसके पनि भ्रष्ट र कमिसनखोरहरूको चंगुलमा नपरे मात्र पनि देश र जनताको भलो हुनेछ! जय होस्!
— Baburam Bhattarai (@brb1954) February 26, 2018















प्रतिक्रिया