
काठमाडौं, १४ फागुन । अग्नि गु्रपले महिन्द्रा गाडीहरुको लागि हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित ताप्लेजुङमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ ।
हालै प्रस्तुत गरिएको ताप्लेजुङको शोरुमको समुद्घाटन माननीय सभासद् बल बहादुर सम्सोहाङ्ग, तपस पट्नायक (महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर) रामेश्वर महर्जन (अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत) तथा अमित चौधरी (अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड) ले सामुहिक रुपमा गरेका थिए ।
शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नुहुने छ । कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्रीत रहेको छ ।
चाहिएको वेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ । साथै शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि. अन्तर्गतअग्नि इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् । साथै अग्नि ग्रुप कोन्स्टान्ट व्याट्री तथा केभिन इन्भर्टरको वितरक समेत रहेको छ ।















प्रतिक्रिया