२ कार्तिक २०८३, सोमबार

पूर्व गभर्नर खतिवडा अर्थमन्त्री बन्ने पक्का, सोमबारै सपथ हुने

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । पूर्व गर्भनर डाक्टर युवराज खतिवडा अर्थमन्त्री बन्ने लगभग पक्का भएको छ । एमालेबाट अर्थमन्त्रीका लागि महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीले आकांक्षा देखाएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्री बनाउन लागेको एमाले स्रोतले जनाएको छ ।

खतिवडाको सोमबार दिउँसो ४ बजे अन्य मन्त्रीसँगै सपथग्रहण हुनेछ । सोमबार एमालेबाट महासचिव पोखरेलले पनि सपथ लिने बुझिएको छ । तर, उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने अहिलेसम्म तय भइसकेको छैन ।

खतिवडालाई सरकारले गएको ८ गते राष्ट्रियसभा सदस्य बनाएको थियो । सरकारले राष्ट्रियसभा सदस्य बनाएका खतिवडासहित तीन जनाविरुद्ध सर्वाेच्चमा परेको रिटमा आइतबार मात्र सुनुवाई भएको थियो । अदालतले उनीहरुलाई राष्ट्रियसभा सदस्यको सपथ नगराउन अन्तरिम आदेश जारी गरेको थियो । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् । तर, उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सामान्यतया राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई नै अर्थमन्त्री बनाउने प्रचलन छ । देशको अर्थतन्त्र सुधारका लागि योग्य र क्षमतावान व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मा दिनुपर्ने बाध्यात्मक स्थिती भएकाले प्रधानमन्त्री ओली खतिवडालाई अर्थमन्त्री बनाउने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

वित्तिय सुधार, खर्च व्यवस्थापन, संघीयता व्यवस्थापन लगायतको पक्षमा योग्य व्यक्तिकै आवश्यकता देखिएकाले खतिवडा त्यसका लागि उचित पात्र भएको बताइन्छ ।