काठमाडौँ, १४ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहमत भएका छन् ।
बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको वार्तापछि यादव सरकारमा सहभागी हुन सहमत भएका हुन् । यसबारे यादवले पार्टीमा आन्तरिक छलफल गरेर अन्तिम निर्णय लिने बताएका छन् । संविधान संशोधनबारे बाम गठबन्धन लचक देखिएपछि यादव सरकारमा तयार भएका हुन् ।
यसअघि फोरमले सरकारमा सहभागी हुन दुई मन्त्रालयको माग गरेको थियो । यादव आफैँ परराष्ट्रमन्त्रीको रूपमा सरकारमा सहभागी हुनसक्ने बताइएको छ ।















प्रतिक्रिया