३ कार्तिक २०८३, मंगलबार

देउवाविरुद्ध पौडेलको अर्काे रणनीति, सांसदलाई बोलाए आफ्नै निवास

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित पार्टीका सांसदहरुसँग छलफल गर्दैछन् ।

पौडेलले सांसदहरुलाई सोमबार दिउँसो आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गर्दैछन् । उनले पौडेलले पार्टी कमजोर बन्नुको कारण र सशक्त बनाउने बिषयमा छलफल गर्ने बताइएको छ । पौडेलले आइतबार पार्टी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए ।

पार्टीलाई क्रियाशील बनाउने अभियान थाल्ने तयारी गरेको पौडेल पक्षको दाबी छ । उनले केन्द्रदेखि गाउँ इकाईसम्मै अभियान थाल्ने तयारी गरेका छन् । सोमबारको छलफलमा पार्टीमा सभापति देउवाले खेलेको भूमिका र प्रभावको विषयमा समेत छलफल हुनेछ । त्यस्तै निर्वाचित सांसदले संसदमा खेल्ने भूमिकाको विषयमा पनि छलफल हुने पौडेलनिकट स्रोतले जनाएको छ ।

आउँदो २१ गते संसदीय दलको नेता चयन गर्ने मिति तोकेकाले सोमबार पौडेलले बोलाएको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।