२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली शीर्ष नेतासँगको परामर्शमा, एमालेबाट को बन्दैछन् मन्त्री ?

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्तार विषयमा पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा पार्टीबाट मन्त्री बन्ने सांसदहरुको नाम टुङ्ग्याइनेछ । सोमबार दिउँसो ४ बजे मन्त्रीको सपथग्रहण कार्यक्रम राखिएको छ ।

भेटवार्तामा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खना, इश्वर पोखरेल लगायतका नेताहरु सहभागी छन् । प्रधानमन्त्री ओलीले एमालेबाट सपथका लागि तयार रहन भनेर अहिलेसम्म कसैलाई भनेका छैनन् । उनले माओवादीबाट मन्त्री हुनेहरुको लिस्ट भने बुझिसकेका छन् । सोमबार एमालेबाट बढीमा ८ जना मन्त्रीले सपथग्रहण गर्नेछन् । यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मगर सरकारमा सहभागी भइसकेका छन् । माओवादीसँगको भागबण्डामा एमालेले १० मन्त्रालय पाएको छ ।

स्रोतका अनुसार महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने सम्भावना छ । तर, सचिव प्रदिप ज्ञवालीले पनि अर्थमै दावी गरिरहेका छन् । महासचिव पोखरेल र प्रदीप ज्ञवाली दुवैजना मन्त्री बन्ने भने निश्चित भएपनि मन्त्रालयको टुङ्गो लागिनसकेको बताइएको छ ।  सचिव योगेश भट्टराई, लगातार तीन पटक सांसद चुनाव जितेका नेता रविन्द्र अधिकारीलाई पनि मन्त्री बनाउने एमालेको तयारी छ ।

भानुभक्त ढकाल, प्रेम आले, सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ, यज्ञराज सुनुवारको नाममा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । एमालेको सूर्य चिन्ह लिएर जितेका हृदयेश त्रिपाठीलाई पनि मन्त्री बनाउने बारेमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।