मुम्बई । भगवान रामको जीवनकथामा आधारित हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’मा आधारित फिल्म बन्ने भएको छ ।
पौराणिक धार्मिक कथामा आधारित ५ सय करोड भारतीय रुपैयाँ लगानी रहने यो फिल्म निर्माणका लागि निर्माणपक्षले भारतको उत्तर प्रदेशस्थित योगी आदित्यनाथको सरकारसँग प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
‘थ्री डी’ प्रविधिको प्रयोग गरेर बनाइने यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा बनाइने भएको हो । यो फिल्मको निर्माण नामित मल्होत्रा, अल्लू अरविन्द र मधु मन्तेनाले गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म तीन सिरिज र तीन फरक भाषामा बन्न लागेको हो ।
ठुलो लगानीको यो फिल्म‘रामायण’ का लागि निर्माण पक्षले निर्देशक र कलाकारको छनौट सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यही वर्षदेखि फिल्मको छायाँकन थालिनेछ । यो फिल्ममा तेलुगु सुपरस्टार अल्लू अर्जुन र रामचरण मूख्य भूमिकामा हुनेछन् । – एजेन्सी















प्रतिक्रिया