३ कार्तिक २०८३, मंगलबार

अमेरिकी दूतावासका कर्मचारी पक्राउ, यस्तो छ अनौठो कारण

26k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । काठमाडौँस्थित अमेरिकी दूतावासमा कार्यरत एक पूर्वसैनिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत नुवाकोटका ४६ वर्षीय राजेन्द्र आचार्य रहेका छन् । आचार्य नेपाली सेनाका पूर्वअमल्दार हुन् । सेनाबाट रिटायर्ड भएपछि उनले अमेरिकी दूतावासमा सेक्युरिटीमा जागिर थालेका थिए ।

आचार्य पक्राउ पर्नुको कारण रोचक छ । घटनाको अनुसन्धान गरिरहेको महाराजगन्ज प्रहरी समेत उनको हर्कतहरु थाहा पाएर अचम्ममा परेको छ ।

महाराजगन्ज प्रहरीका अनुसार, अमेरिकी दूतावासको जागिर सकेपछि उनी नयाँ बसपार्कमा होटलबाट निस्कने महिलाहरुलाई ढुकेर बस्थे । आफ्ना प्रेमीसँग रोमान्समा जाने महिलाको बारेमा उनलाई होटलकै एकजनाले सूचना कर्मचारीले सूचना दिन्थे ।

सोही सूचनाका आधारमा महिलाहरु गेस्ट हाउसबाट निस्किएपछि उनीहरुलाई पिछा गर्न थाल्थे । उनको निशानामा खासगरि श्रीमान विदेशमा रहेका महिलाहरु पर्थे ।

आफूलाई सबै थाहा भएको र परिवारमा भनिदिने भन्दै उनले ब्लाकमेलिङ गर्दै ती महिलाहरुसँग पनि जबर्जस्ती यौन सम्बन्ध राख्न थाले । तीमध्येका दुई जना महिलाले जाहेरी दिएपछि उनी बल्ल प्रहरी फन्दामा परेका हुन् ।

आफूसँग पनि सम्बन्ध राखे कसैलाई नभन्ने भन्दै उनले गेस्ट हाउसमा लगेर जबर्जस्ती गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

आचार्यलाई हिरासतमा राखी घटनाका विषयमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।