
-बेलिना थापा/दैनिक नेपाल
लमजुङ, १३ फागुन । लमजुङ-राइनास नगरपालिका वडा नम्बर १० को बुद्ध मिलन माध्यमीक विद्यालयलाई बेलायतमा बस्दै आएका भूपु विद्यार्थीहरुको सक्रियतामा संकलीत सहयोग रकम प्रदान गरिएको छ ।
भूपु विद्यार्थीहरुको सक्रियतामा बेलायतमा बसोबास गर्दै आएका नेपालीहरु सँग संकलन गरिएको सहयोग रकम एक समाराहकाबीच विद्यालयलाई प्रदान गरिएको छ । सहयोग रकम संकलन कार्यक्रमका संयोजक रुद्धराज गुरुङ, लगायत सदस्यहरुले विद्यालयमै गएर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ, प्रध्यानध्यापक अम्बरबहादुर न्यौपानेलाई प्रदान गरेका हुन् । विद्यालयलाई २३ लाख ६५ हजार ७ सय ९७ रुपैया बराबरको चेक हस्तान्तरण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठको अध्यक्षतामा भएको चेक हस्तान्तरण कार्यक्रममा राइनास नगरपालिकाकी उपप्रमुख धनकुमारी गुरुङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई संबोधन गर्दै उपप्रमुख गुरुङले आफूले अध्ययन गरेको विद्यालयको लागि भनेर सहयोग संकलन गरि प्रदान गरेको रकम, सहि रुपमा प्रयोग हुनुपर्नेमा जोड दिइन । उनले सहयोग सराहनीय रहेको भन्दै विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सहयोग रकमले ठूलो भुमिका निर्वाह गर्ने बताइन् ।
बेलायतमा रहेका ८४ जना नेपालीहरुको सहयोगबाट संकलीत रकमको सहि सदुपयोग गर्ने विद्यालयका प्रध्यानध्यापक अम्बरबहादर न्यौपानेले बताउनुभयो । सहयोग रकम संकलन कार्यक्रमका संयोजक रुद्धराज गुरुङले विद्यालयको शैक्षिक विकासका लागि बेलायतमा सहयोग संकलन गरिएको बताउनुभयो । उहाले विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सहयोग रकमले सहयोग गर्ने समेत बताउनुभयो । विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक समेत विद्यालयको निम्ती लाग्नुपर्ने उनको भनाइ थियो ।















प्रतिक्रिया