३ कार्तिक २०८३, मंगलबार

नेविसंघको उपहार देउवाद्वारा अस्वीकार, मूल गेटमा नारावाजी

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले सभापति शेरबहादुर देउवा चश्मा उपहार दिएका छन् ।

कांग्रेसभित्रको गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा केहीबेर धर्ना दिएर चश्मा उपहार दिएका हुन् ।

झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।

गुटरहित लेखिएको चस्मा नेवि संघले दिए पनि सभापति देउवाले लिन अस्वीकार गरेका थिए । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष दुई खेमा विभाजित छन् भने अन्य थुप्रै गुट–उपगुट सक्रिय छन् ।