२ कार्तिक २०८३, सोमबार

मल्पी र काष्ठमण्डप सेमिफाइनलमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । मल्पी ‘ए’ र आयोजक काष्ठमण्डप तेश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट मल्पी ‘ए’ विजेता र काष्ठमण्डप उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

मल्पी ‘ए’ ले एसलाई १७–७, नामीलाई १९–८ तथा काष्ठमण्डपलाई १५–६ ले पराजित ग-यो । काष्ठमडपले एसलाई १४–८ तथा नामीलाई ९–६ ले हरायो ।

समूह ‘ए’ बाट साइपाल एकेडेमी विजेता र मल्पी ‘बी’ उपविजेताका रुपमा सेमिफाइनल पुगे । गत दुवै संस्करणको विजेता साइपालले रुपिजलाई १२–६, जेभियरलाई १४–१२ तथा मल्पी ‘बी’ लाई ९–८ ले पाखा लगायो ।

मल्पी ‘बी’ ले रुपिजलाई १३–५ र जेभियरलाई १९–११ ले पन्छायो । सेमिफाइनलमा मल्पी ‘बी’ को भेट आफ्नै ‘ए’ टिमसंग हुनेछ भने काष्ठमण्डपले साइपालको सामना गर्नेछ ।

प्रतियोगिताको काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । लिग कम नकआउट आधारमा भइरहेको तीनदिने प्रतियोगितामा ८ टिम सहभागी छन् ।