४ कार्तिक २०८३, बुधबार

बलिउड अभिनेत्री श्रीदेवीको निधन

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १३ फागुन । भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ ।

पारिवारिक कार्यक्रममा सहभागी हुन् दुबइमा रहेका बेला हृदयघात भई अभिनेत्री श्रीदेवीको शनिबार राति मृत्यु भएको हो । बलिउड फिल्म निर्माता एवम् निर्देशक बोनी कपूरसँग विवाह गरेकी श्रीदेवीको ५५ वर्षको उमेरमा निधन भएको समाचारमा उल्लेख छ ।

श्रीदेवीलाई हिन्दी फिल्मको पहली महिला सुपरस्टार पनि भन्ने गरिएको छ ।सन् २०१३ मा उनलाई भारत सरकारले पद्मश्री सम्मान दिएको थियो । – एजेन्सी