१४ कार्तिक २०८३, शनिबार

विधान र दस्तावेज आदान–प्रदान, बादलको अध्यक्षता, ईश्वर र वर्षमानको रिर्पोटिङ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको संगठनात्मक संरचना र अन्तरिम विधानको सैद्धान्तिक आधारमा सहमति गरेका छन् ।

माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार बसेको अन्तरिम विधान तथा संगठनात्मक कार्यदलको बैठकले एकीकृत पार्टीको संगठनात्मक संरचनाको सैद्धान्तिक आधारमा सहमति गरेको हो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कार्यदलमा एकीकृत पार्टीको संगठनात्मक संरचना र अन्तरिम विधानको सैद्धान्तिक आधार मुलुकको परिवर्तित संघीय संरचना, लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी एकीकरणसम्बन्धी सहमति र निर्वाचनको घोषणापत्रलाई समेत आधार बनाउने सहमति भएको हो ।

विधान र संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव छन् ।

विधान र दस्तावेज आदान–प्रदान

३ घन्टा चलेको बैठकमा दुई पार्टीबीच आपसमा विधान र दस्तावेजहरू आदान–प्रदान भएको छ । एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेलले पार्टीको विधान र नियमावली, नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदन माओवादी केन्द्रका नेताहरूलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै, माओवादी केन्द्रका नेताहरूले पनि पार्टीको विधान एमाले नेताहरूलाई दिएका थिए । ‘दुवै पार्टीका संगठनात्मक विधान र दस्तावेज, संठनात्मक ढाँचा, अभ्यास–अनुभव आदान–प्रदान भयो’, बैठकपछि एमाले सचिव गोकर्ण विष्टले भने । बैठकमा माथिदेखि तलसम्म पार्टी र जनसंगठनका संरचनाहरू, उनीहरूका संगठनात्मक अभ्यासका विषयमा पनि रिर्पोटिङ भएको थियो ।

बादलको अध्यक्षता, ईश्वर र वर्षमानको रिर्पोटिङ

कार्यदलका संयोजक रामबहादुर थापा‘बादल’को अध्यक्षतामा सम्पन्न बैठकमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र माओवादीका तर्फबाट वर्षमान पुनले पार्टी र जनसंगठनको संरचनाको रिर्पोटिङ गरेका थिए । अन्य नेताहरू पनि छलफलमा भाग लिएका थिए ।