
काठमाडौं, १२ फागुन । काठमाडौँको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्ड सेलाउँदै नपाउँदै काठमाडौँकै सुन्धाराको एक होटलमा युवतीको ज्यान गएको छ ।
प्रेमीसँगै बास बस्न पुगेकी युवती मृत भेटिएपछि प्रहरीले अनुसन्धान सुरु भएको छ । उदयपुरको कटारी घर भई ललितपुरको हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउत शनिबार सुन्धाराको निकुद होटलमा मृत भेटिएकी हुन् । प्रहरीले उनका प्रेमी विशाल खड्कासहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेमी खड्का र उनका दुई केटा साथीहरु रहेका छन् ।
सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का एउटै कोठामा सुतेका थिए । साथै गएका खड्काका दुईजना साथीहरु सोही होटलको तीन तलामाथि कोठामा सुतेका थिए ।
युवतीका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन्। तर, प्रेमी खडकाले भने उठ्दा झुण्डिरहेको देखेपछि डोरी फुकाएर निकालेको प्रहरीलाई बयान दिएका छन् । उनी आफैले बिहान १० बजेतिर प्रहरीलाई फोन गरेर बोलाएका थिए।
युवती र उनका प्रेमी रिन्को ओभरसिज नामक मेनपावर कम्पनीमा सँगै काम गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । खड्का विवाहित व्यक्ति हुन्।
प्रेम सम्बन्धकै लफडाले घटना भएको हुनसक्ने आशंका गरिएको छ ।















प्रतिक्रिया