३ कार्तिक २०८३, मंगलबार

नर्भिकका डाक्टरको गम्भीर लापरवाहीः देब्रे घुँडाको अप्रेशन गर्नुपर्नेमा दाहिनेको गरेपछि …

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा विरामीको उपचारका क्रममा चिकित्सकले गम्भीर लापरवाही गरेका छन् । डाक्टरले देब्रे घुँडाको अप्रेशन गर्नु पर्नेमा दाहिने घुँडाको अप्रेशन गरेको खुल्न आएको हो ।

देब्रे खुट्टाको घुँडाको लिगामेन्ट च्यातिएर उपचारका लागि नर्भिक अस्पताल आएकी चितवनकी ३८ वर्षीया विन्दु पौडेलको डाक्टरले दाहिने घुँडाको अप्रेशन गरेको खुलासा भएको छ । पौडेलको अप्रेशन डा. प्रविण नेपालले गरेका हुन् ।

पौडेल आफ्ना श्रीमानसँग बिहीबार विमानस्थलबाट अपस्तालसम्म हिडेरै गएकी थिइन् । डा. नेपालको सल्लाहमा नै उनले अप्रेशन गरेकी हुन् । चार घण्टा लगाएर उनको अप्रेशन गरिएको थियो । तर जब आफन्त उनलाई भेट्न गए, तब देब्रे घुँडाको लिगेमेन्ट च्यातिएको भनेर अपरेशन थालिएकोमा डाक्टरले दाहिनेको अप्रेशन गरेको पाए ।

यसबारे पौडेल परिवारले अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहलाई बताएका थिए । र विरामीसँगको छलफलमा आनाकानी गर्दै डा. नेपालले गल्ती स्वीकार गरे । शनिबार अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा विन्दुको दुबै खुट्टाको सम्पूर्ण उपचार अस्पतालले नै निःशुल्क गरिदिने उल्लेख छ ।