
काठमाडौं, १२ फागुन । संसदीय दलको नेता चयनबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बिहान नौ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गर्न प्रक्रिया सुरु गरेको छैन ।
कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा भएको जानकारी दिए ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा.शशांक कोइराला र नेता प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । दलको नेतामा सहमति हुन नसके निर्वाचन हुनेछ ।















प्रतिक्रिया