१ कार्तिक २०८३, आइतबार

निजी सवारी साधनको खरिद बढ्दै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ११ फागुन । सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद बढेको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना/ठूला सवारी साधनसवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा दशौं गुणा बढी निजी सवारी दर्ता भएका देखिन्छ ।

यो आर्थिक वर्षको शुरुदेखि कात्तिकसम्म हेर्दा ६ हजार ६०२ वटा कार, जिप भ्यान दर्ता भएको प्रशासन शाखामा कार्यरत अमरसिंह ओलीले बताउनुभयो । “यही अवधिमा सार्वजनिक बस, मिनीबस र माइक्रोबस गरेर जम्म ६७४ वटा नयाँ दर्ता भएका छन् । तथ्यांक हेर्दा सार्वजनिक नं प्लेट भन्दा धेरै गुणा बढी निजी नं प्लेटका गाडी दर्ता भएका छन्, उहाँले भन्नुभयो, “दशैं–तिहारलगायतका समयमा निजी गाडी किन्ने अझै बढी हुन्छ ।”

निजी सवारी साधनको खरिद पाँच वर्षयता अझै बढेको देखिएको छ । भूकम्प आएको वर्ष २०७२/७३ मा निजी नम्बर प्लेटका २१ हजार ६४७ कार, जिप, भ्यान दर्ता भएका थिए । कार्यालयमा गत कात्तिकसम्म एक लाख ७१ हजार ९६ वटा कार, जिप भ्यान दर्ता भएका छन् । हालसम्म जम्मा ११ हजार ९३८ वटा बस, सात हजार १८३ वटा मिनिबस र तीन हजार ७९९ वटा माइक्रोबस कार्यालयमा दर्ता भएका छन् । –रासस