१ कार्तिक २०८३, आइतबार

पानी र खाजाको सुविधासहित सल्यान-काठमाडौँ बस सेवा शुरु

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी/दैनिक नेपाल
सल्यान, ११ फागुन । शारदा यातायात सेवा प्रालिले शुक्रबारदेखि सल्यान–काठमाडौँ सिधा बस सेवा शुरु गरेको छ । यात्रुहरुलाई गुणस्तरिय सेवा दिने उद्देश्यकासाथ शुक्रबारबाट सल्यानबाट–काठमाण्डौ र काठमाडौँ–सल्यान सेवा संचलान गर्न दुइ वटा नयाँ गाडी थप गरिएको प्रालिका अध्यक्ष शंकरदेव खड्काले बताए ।

सल्यानबाट दिउँसो ४ बजे र काठमाडौँबाट पनि ४ बजे नै गाडी छुट्ने उनले बताए । यात्रुहरुको माग र चाहना बमोजिम सुविधाजनक डिलक्स गाडी सञ्चालन गर्न लागिएको खड्काले जनाए । यात्रुहरुलाइ यात्रा गर्दा पीउने पानी र खाजाको व्यवस्था गरिएको प्रालिका सचिव गोविन्द ओलीले बताएका छन् । उनले भने, ‘हामीले यात्रुलाई सहज होस भनेर गाडीमै खाजा र पानीको व्यवस्था गरेका छौं ।’

सुविधा सम्पन्न गाडी संचालनमा आएको भन्दै जिल्लावासी खुशी भएका छन ।