
काठमाडौँ, ११ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतका मुख्य पदमा सहमति जुटेको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि मुख्य पदमा भागबण्डा मिलेको हो । राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेबाट र उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष माओवादीका केन्द्रबाट बनाउने गरि सहमति जुटेको स्रोतले जनाएको छ ।
एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरे पनि माओवादीले मानेको थिएन । राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन उचित नहुने भन्दै माओवादीले अडान लिएपछि एमाले लचक बनेको हो ।
पछिल्लो समय मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही पदको बाँडफाँटमा हेरफेर हुन सक्ने दुई शीर्ष नेतालाई उदृत गर्दै स्रोतले जनाएको छ ।















प्रतिक्रिया