
फागुन ११, काठमाण्डौ । नेकपा माओवादी केन्द्र नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने भएको छ । मन्त्री भागबण्डा गर्न शुक्रबार बसेको बैठकले सबै मन्त्रीको टुङ्गो नलगाएपनि बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुने सहमती जुटाएको छ ।
७ वटा मन्त्रालय पाएको माओवादीले कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने सहमति गर्न भने सकेको छैन । पार्टीभित्रका सबैजसो सासंदले मन्त्री बन्ने इच्छा देखाएपछि शुक्रबार नै टुङ्ग्याउन खोजिएको विषय टुङ्गिन नसकेको हो । पूर्व अर्थमन्त्री वर्षमान पुनलाई गृहमन्त्रालय दिने विषयमा पनि सहमति नजिक पुगिएको नेताहरुले बताएका छन् । यद्यपी, पूर्वगृहमन्त्रीद्धय शक्ति बस्नेत र जनार्दन शर्मासहित मात्रिका यादवले पनि गृहमन्त्रालय नै दाबी गर्दै आएका छन् ।
अब मन्त्रालयको विषयमा आइतबारसम्म टुङ्गो लगाउने गरी शुक्रबारको छलफल स्थगित भएको छ । शुक्रबार ने बसेको एमालेको स्थायी समितिको बैठकले पनि एमालेबाट सरकारमा सहभागि हुनेहरुको नाम टुङ्गो लगाउन नसकेपछि अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । प्रधानमन्त्री ओली आइतबारभित्र सरकार विस्तार गरिसक्ने योजनामा छन् ।















प्रतिक्रिया