१ कार्तिक २०८३, आइतबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा जोरपाटीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको नयाँ शाखा काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा नं. ६, नारायणटार, जोरपाटीमा संचालनमा आएको छ ।

शुक्रबार नगरपालिकाका प्रमुख सन्तोष चालिसेले शाखाको बिधिवत उद्घाटन गर्दै यस क्षेत्रमा अन्य बैंकहरुको पनि उपस्थिति रहेको र एनसीसी बैंकले प्रतिष्पर्धी रुपमा सहज र गुणस्तरीय सेवा पुर्याउनुका साथै उक्त कार्यमा आफ्नो तर्फबाट सहयोग रहने भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका वडा नंं ५, ६ र ७ का वडाध्यक्षहरु नारायण सुवेदी, रमेश अर्याल र केशव गुरुङ्गले एनसीसी बैंकले यस क्षेत्रको समग्र आर्थिक गतिविधिलाई बैंकिङ्ग प्रणालीमा समावेश गर्दै सेवा पु¥याउन सफल हुनेछ भन्दै शुभकामना व्यक्त गरेका थिए ।

लायन्स क्लवका व्यक्तित्वहरु श्री नन्त प्रसाद भेटवाल र कुमार सुवेदी एवं चामुण्डा माध्यमिक विद्यालयका प्राचार्य यादवप्रसाद पौडेलले समेत शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आफू पनि यसै क्षेत्रको वासिन्दा भएको र जनप्रतिनिधिहरुवाट समेत सहयोगको अपेक्षा सहित यस क्षेत्रमा स्थापित शाखाको पहिचान बनाउने कुरामा विश्वस्त रहेको विचार राखे ।

एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस क्षेत्रका जनप्रतिनिधिहरुको सहयोग र शुभेच्छा व्यक्त गरे अनुरुप बैंकका शाखाहरु मध्ये १ नं शाखाका रुपमा स्थापित हुने कुरामा थप हौसला मिलेको विचार व्यक्त गरे ।