२ कार्तिक २०८३, सोमबार

ओलीलाई शुभकामना दिन भारतीय राजदूत बिहानै बालुवाटारमा

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले जन्मदिनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानै पुगेका राजदूत पुरीले ओलीलाई फूलको गुच्छा (बुकी) दिएर जन्मदिनको शुभकामना दिएका हुन् । भारतीय राजदूतावासद्वारा जारी प्रेस नोटअनुसार पुरीले ओलीलाई जन्मदिनको शुभकामना दिएको उल्लेख छ ।

ओलीले आफ्नो ६७औँ जन्मदिन बालुवाटारमा विशेष कार्यक्रम गरेर मनाउँदै छन् । ओलीलाई स्थायी समितिका सदस्यहरूले पनि शुक्रबार बिहान शुभकामना दिएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि बालुवाटार पुगेर ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।