४ कार्तिक २०८३, बुधबार

साडीमा यस कारण साह्रै राम्री देखिन्छिन् पूर्णिमा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्णिमा श्रेष्ठ नेपाली कलाकारितामा चिनिएको नाम हो । म्युजिक भिडियोदेखि स्टेज कार्यक्रमसम्म जताततै छाउन सफल छिन्, पूर्णिमा । आधुनिक, पप र लोक लगायत प्राय सबै प्रकारको गीतको म्युजिक भिडियो मोडलिङमा जमेकी उनी धेरै गायक तथा भिडियो निर्देशकको रोजाइकी मोडल पनि हुन् ।

अहिलेसम्म ४ सय बढी म्युजिक भिडियोमा अभिनय कला प्रस्तुत गरिसकेकी श्रेष्ठको यो यात्रा अझै जारी छ । ‘लरक्कै लर्क्यो रातो सारी भुइँमा, क्याम्म्पस पढ्न आउनी, एकादशी बजारमा, दाइ नभन्नु ल, मैले जोवन मायालाई साचेँको, झिम्काइदेउ परेली, दाबी देखिन्छ, भुरुरु पुतली उड्यो लगायत उनको मोडलिङ रहेको थुप्रै गीत चर्चामा छन् ।

२०५४ मा नारायणी कला मन्दिरबाट नृत्यको औपचारिक प्रशिक्षण सहित यो क्षेत्रमा होमिएकी श्रेष्ठ सानैदेखि नृत्यमा अब्बल रहँदै आएकी छिन् । सानोमा बालबालिकाको नृत्य प्रतियोगिता ‘बेबी डान्स कम्पिडिसन’को प्रथम पुरस्कार हात पारेकी उनले चलचित्र ‘मालती’मा बालकलाकारको भूमिका पनि निर्बाह गरेकी थिइन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको लोक दोहोरी अवार्ड २०७१मा ‘बेष्ट मोडल’को उपाधि हासिल गर्न सफल उनले राष्ट्रब्यापी नृत्य प्रतियोगिता ‘छमछमी सिजन वान’मा पनि फष्टरनरअफ पर्न सफल भएकी थिइन् । यो प्रतियोगीतामा करिब ६ हजार प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि चुमेकी हुन् ।

देशको आधाभन्दा बढी जिल्ला सहित सिगापुर, हङ्कङ, कोरिया, टर्की, कतार, दुबई लगायत १४ मुलुकको स्टेज कार्यक्रम अनुभव लिएकी श्रेष्ठ आफुलाई नृत्यमा अझ पारंगत बनाउन ‘सृजना कलेज अफ फाइन आट्र्स’मा कथक, चरिया र लोक नृत्य बिषयमा स्नातक गर्दछिन् । उनले केही बिद्यालय तथा स्टुडियोमा नृत्य निर्देशकको जिम्बेवारी समेत सम्हालै आएकी उनी नेपाल पुलिस क्लब साँस्कृतिक सहमूहकी कर्मचारी पनि हुन् । क्लवबाट उनले दर्शनौ कार्यक्रममा नृत्य प्रस्तुत गर्नुका साथै नृत्य निर्देशन समेत गरेकी छन् ।

कला क्षेत्रबाट नाम, दाम र सम्मान सबै पाएकी उनी बच्चाहरुको आइडलको रुपमा समेत परिचित छिन् । आत्मबिस्वासले भरिएको सुन्दरता नै ग्ल्यामर भएको बताउने यी सुन्दरी प्राय क्याजुअल ड्रेसमा हिड्न रुचाउँछिन् । ‘सारीमा म निकै राम्रो देखिन्छु’ उनले सुनाइन् ।

आकर्षक शरीर र लोभलाग्दो वैशले भरिएकी श्रेष्ठ सिम्पल मेकअपमा हिँड्न रुचाउँछिन् । लिपिष्टिक र गाजल उनले नछुटाउने मेकअप हुन् । देशब्यापी नृत्य प्रतियोगिता ‘प्यूठानी तार सिजन ३’, मिस दाङ २०१६ लगायत केही प्रतियोगितामा निर्णायकको अनुभव समेत हासिल गरेकी श्रेष्ठ अहिले ‘इन्डियन सांगीतिक टुर’को तयारीमा छिन् ।

वैशाखमा आयोजना हुने यो टुरमा उनी दर्जन कलाकार सहित भारतको सिक्किम, कालिपोङ, आसाम लगायतका करिब एक दर्जन स्थानमा बिभिन्न नेपाली कलासंस्कृति झल्कने कार्यक्रम सहित पुग्नेछिन् ।

भिडियोमा सामान्य रुपमा देखिएका कतिपय कलाकार चलचित्रमा देखिन थालेका छन् । थुप्रै म्युजिक भिडियोकी हिट मोडल श्रेष्ठलाई के अहिलेसम्म चलचित्रको अफर नआएको हो त ? प्रश्न राख्न नपाउँदै उनले उतर फर्काइन्, ‘थुपै आएका थिए । अहिले पनि आउछन् । तर, चित्त बुझ्दो रोल नभएर नगरेकी हुँ’, उनले थपिन्, ‘राम्रो ब्यानरको र मनपर्ने कथा पाए चलचित्रमा अभिनय गर्न तयार छु ।’