२ कार्तिक २०८३, सोमबार

पार्टी एकता र सरकारलाई पूर्णता दिन कार्यदल बैठक

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । पार्टी एकता र सरकार गठनलाई पूर्णता दिने एमाले–माओवादीका दुई संयुक्त कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा दुबै पार्टीका अध्यक्षले कार्यदललाई निर्देशन दिने बुझिएको छ ।

पार्टी एकताको आधार पत्रमा हस्ताक्षर गरेकै दिन ७ फागुनमा एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले बैचारिक दस्तावेज निर्माण र संगठनात्मक स्वरुप एबं विधान निर्माण सम्बन्धी कार्यदलको गठन गरेका थिए ।

दुई कार्यदलमध्ये बैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, सुवाष नेम्वाङ, रघुजी पन्त छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भूषाल र देवेन्द्र पौडेल सदस्य छन् ।

संगठनात्मक स्वरुप र विधान निर्माण सम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, बेदुराम भूषाल, रघुबीर महासेठ सदस्य छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मातृका यादव सदस्य छन् ।

कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षलाई बुझाउनेछन् । कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको मस्यौदा तय गर्ने जिम्मेवारी पाएको छ । कार्यदलको प्रतिवेदनका आधारमा दुवै अध्यक्षले पार्टीको संगठनात्मक तथा सैद्धान्तिक आधार टुंगो लगाउने बताइएको छ ।