शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

पोर्नस्टारलाई मात खुवाउन आइन यी मोडल

दैनिक नेपाल २०७४ फागुन १० गते ६:५९

मुम्बई । बंगलादेशकी मोडल नायला नइमका बारेमा बलिउड गरमाएको छ । नइमका बोल्ड तस्बिरले बलिउड मात्रै होइन बंगलादेशमा समेत हंगामा मच्चाएको छ । यतिसम्मकी उनलाई पोर्नस्टार सन्नी लियोनीसँग जोडेर हेरिएको छ ।

सनीझैँ बोल्ड र ग्ल्यामरस प्रस्तुतिका कारण २३ वर्षीया नायलालाई सनी लिओनसँग दाँजिएको हो । सन् १९९५ डिसेम्बर १४ मा बंगलादेशको बरिसलमा जन्मिएकी नायलाले र्‍याम्प मोडलिङबाट करिअर सुरु गरेकी हुन् ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले बंगलादेशको मनोरञ्जन दुनियाँमा आफ्नो बेग्लै नाम स्थापित गरेकी छिन् ।

उनले थुप्रै प्रोडक्टको विज्ञापनमा मोडलिङ गरिसकेकी छिन् । नायला बिकनी लगाउन कत्ति पनि हिच्किचाउँदिनन् ।

उनले बिकनी पोजमा काम गरिसकेकी छिन् । अंगप्रदर्शनका मामलामा निकै उदार विचार राख्ने गरेकाले पनि उनलाई सनी लिओनसँग दाँजिएको हो । बिकनी पोजका कारण उनले निकै आलोचना र गाली पनि पाउने गरेकी छिन् ।

मोडलिङका साथै अभिनयमा समेत रुचि राख्ने उनले केही टिभी सो र फिल्ममा काम गरिसकेको मिडियाले उल्लेख गरेका छन् । उनले घाट बाबु निताइ चन्द्र नामक नाटकमा अभिनय गरिसकेकी छिन् ।

उनले रन आउट नामक एउटा फिल्ममा आइटम डान्स गरेकी थिइन् । ढाका डेन्टल कलेजबाट बिडिएस गरेकी नायलाले मारुफ ताका धोरेना नामक फिल्ममा पनि अभिनय गरिसकेकी छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित