
मकवानपुर, ९ फागुन । नेपाल सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
हेटौंडामा बुधबार भएको प्रतियोगितामा मनाङ मर्स्याङदी क्लवलाई १–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगको हो । खेलमा मनाङ मर्स्याङदीले आर्मीलाई दवावमा राखे पनि खेलका इन्जुरी समयमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई फाइनलमा पुर्याएका हुन् ।
आर्मीले उपाधिको लागि बुधबार हुने पुलिस र संकटा क्लवको विजेतासँग खेल्नेछ । भूकम्पमा परेर ज्यान गुमाएका खेल पत्रकार सुमन बोमजनको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ ।















प्रतिक्रिया