४ कार्तिक २०८३, बुधबार

होलीमा संरक्षण रि–रिलिज हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । फिल्म ’संरक्षण’ पुनः रिलिज हुने भएको छ। बाढीको प्रभावका कारण फिल्मको साउन २७ मा भएको रिलिजले निर्माण युनिटलाई व्यवसायिक धक्का दिएको थियो । तर अब फेरी दर्शकले संरक्षण हलमा हेर्न पाउने भएका छन् । फिल्म फागुन १७ गतेबाट तराईंमा रि रिलिज हुने भएको हो । विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा फिल्म रि–रिलिज गरिने निर्माता प्रदीप कुमार उदयले जानकारी दिए ।

फिल्ममा निखिल उप्रेती र सौगात मल्लाले पहिलोपटक एकसाथ काम गरेका छन्। फिल्मले राजनीतिक घटनाक्रमले मधेसको सामाजिक अवस्थामा पार्ने असरको कथा भन्छ । पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको फिल्ममा निखिल उप्रेती र सौगात मल्लसँगै कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी लगायतकोको मुख्य भूमिका रहेको छ ।

प्रदिपकुमार उदय र नरेन्द्र महर्जनको निर्माण रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा हिमाल केसीको एक्सन छ, परवेश मल्लिकको संगीत रहेको छ । राजनीतिक, अपराध, पत्रकारिता, राजनितिज्ञ, लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ । नायक निखिल उप्रेती एसपि खरेल र सौगात मल्ल डि एसपि थारु को भुमिकामा देखिएका छन् ।