२ कार्तिक २०८३, सोमबार

बालुवार बैठक सकेर शितलनिवास पुगे ओली–दाहाल

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, ९ फागुन । सरकार विस्तारबारे छलफल सकेर प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितलनिवास पुगेका छन् । बालुवाटार बैठक सेर उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शितलनिवास पुगेका हुन् ।

सरकार विस्तारबारे एमाले अध्यक्ष समेत प्रधानमन्त्री ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान दुई जनाबीच एक घण्टा लामो छलफल चलेको थियो ।

दुई नेतावीचको छलफल सरकार विस्तार र मन्त्रालय बाँडफाँडमा केन्द्रीत बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली बुधबार माओवादी र एमालेबाट मन्त्री थपेर सरकार विस्तार गर्ने योजनामा छन् । माओवादीले महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा ६ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ ।

एमालेभित्र पनि मन्त्रीका आकांक्षी धेरै देखिएका छन् ।