२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीको ‘लिष्ट’मा को–को ? आज मन्त्रिपरिषद् विस्तारको तयारी

17k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । सात बुँदेसँगै एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणको सहमति भएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

एमालेका उपाध्यक्ष भीम रावलले संभवत आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताए । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष रावलले भने, ‘प्रधानमन्त्रीज्यूले संभवत आजै मन्त्रिपमण्डल विस्तार गर्नुहुन्छ । आन्तरिक तयारी गर्नुभएको छ ।’ को–को मन्त्री बन्दैछन् भन्ने प्रश्नमा रावलले भने, ‘त्यो प्रधानमन्त्रीको कुरा हो । मलाई जानकारी छैन । शीर्ष नेताहरूबीच कराकानी भएको हो ?’

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार एमालेबाट महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीसहित केहीलाई मन्त्री बनाउने तयारी भइरहेको छ । पोखरेल र ज्ञवालीलाई परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयमध्येबाट जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।

मन्त्रिपरिषद् विस्तारका विषयमा प्रधानमन्त्रीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

एमालेमा ३० जनाभन्दा बढी मन्त्रीको दौडमा छन् । माओवादीसहित मिलाएर २५ जनालाई मात्र अटाउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई छ ।

एमालेबाट मन्त्री बन्ने संभावनाको सूचीमा भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, पार्वत गुरुङ, गोकुल बास्कोटा, रामवीर मानन्धर, जगत विश्वकर्मा, पदमा अर्याल, धनबहादुर बुढा, नवराज रावत, प्रेम आले, गणेशसिंह ठगुन्ना रहेका छन् ।

त्यसैगरी माओवादीबाट सम्भावित मन्त्री हुनेमा रामबहादुर थापा, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, रेखा शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्टको चर्चा रहेको छ ।