काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सडकमा प्रदर्शन गरेको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरसहितका नेविसंघका नेता तथा कार्यकर्ताले मंगलबार अपरान्ह प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।
नेविसंघका अध्यक्ष महतरले प्रधानमन्त्री ओलीको दवावमा सबैको साझा संस्था राष्ट्रपति भण्डारीले संविधान विपरितको काम गरेकाले बाध्य भएर विरोधमा प्रदर्शन गरिएको बताए ।
‘राष्ट्रपति भनेको संस्था हो । यो सबैको साझा संस्था हो’, महरले भने, ‘शेरबहादुर देउवा नेतृत्वले गरेको सिफारिसलाई अड्काएर राख्ने । आफू निकटको दलका प्रधानमन्त्रीले गरेको सिफारिसलाई तत्काल एक घण्टाभित्र अनुमोदन गरेर ३ जना सदस्य नियुक्ति गर्ने कति लाजमर्दो विषय यो ?’
उनले राष्ट्रिय सभा सदस्य नियुक्तिमा भएको निर्णयलाई सच्चाउन प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई चेतावनी दिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभा सदस्यहरू फिर्ता गरेर प्रधानमन्त्री केपी ओलीले नयाँ नाम सिफारिस गरेपछि नेविसंघले आपत्ति जनाएको थियो ।















प्रतिक्रिया