शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

फिल्म नपाएकी अभिनेत्रीको बोल्ड तस्बिर

दैनिक नेपाल २०७४ फागुन ८ गते १३:०४

मुम्बई । फुर्सदमा रहेकी बलिउड अभिनेत्री अमीषा पटेल कुनै फिल्ममा अनुबन्धित छैनन् । पछिल्लो समय पटेलको बिकिनीलाई लिएर सामाजिक सञ्जालमा बबण्डर भएको छ ।

इन्स्ट्राग्राममार्फत विभिन्न हाउभाउका तस्बिर सार्वजनिक गर्दै आएकी अमीषाले पछिल्लो समय बिकिनी मात्रै लगाएको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनको यसखाले क्रियाकलापको आलोचनासमेत गरिएको छ । एक प्रयोगकर्ताले ‘यस्तो कपडा लगाएको तस्बिर हाल्दैमा काम पाइनेवाला छैन’ भनेर टिप्पणी लेखेका छन् ।

केहीले भने तस्बिरलाई लिएर सकारात्मक कमेन्ट पनि गरेका छन् । यसअघि पनि उनले निकै आलोचना र प्रशंसा बटुलेकी छन् । ‘कहो ना प्यार है’बाट करियर सुरु गरेकी अमीषाले ‘हमराज’ र ‘गदर’जस्ता ‘हिट’ फिल्म दिएकी थिइन् ।

त्यसपछि भने उनको चर्चा सेलाउँदै गएको हो । पछिल्लोपटक उनी सन् २०१३ मो ‘रेस–२’मा देखिएकी थिइन् । कामको अभावका कारण अमीषा अब जस्तोसुकै ‘रोल’ निभाउने मानसिकतामा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित