२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभा सदस्यमा तीनजना मनोनीत

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनजनालाई राष्ट्रिय सभा सदस्यमा मनोनय गरेकी छिन् ।

मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि सिफारिस गरेको थियो ।

शेरबहादुर देउवा सरकारले सिफारिस गरेका तीनजनाको नामलाई फिर्ता गरेर प्रधानमन्त्री केपी ओलीले आजै बिहान नयाँ नाम सिफारिस गरेका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) अनुसार खतिवडा, बिडारी र पौडेललाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेकी हुन् ।