काठमाडौं, ८ फागुन । वाम गठबन्धन नेतृत्वको वर्तमान सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई केपी ओली नेतृत्वको सरकारले खारेज गरिदिएको छ ।
देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै रोकेर रोखको थियो ।















प्रतिक्रिया