
काठमाडौं, ८ फागुन । हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएक मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ ।
भारतको गोवाबाट पुनलाई सिआइबीले नियन्त्रणमा लिएको हो । फागुन ६ गते गोवाबाट प्रहरीले नियन्त्रणमा परेका पुनलाई नेपाल ल्याइँदैछ । सीआइबीले यस बारेमा औपचारिक रुपमा जानकारी दिएको छैन ।
सीआइबीका एसएसपी घनश्याम अर्यालले पुनलाई नियन्त्रणमा लिन सफल भएको स्वीकार गरे पनि सो विषयमा स्पष्ट जानकारी दिन मानेनन् । पुन पक्राउ परेको हो वा होइन यसबारेमा केही समयपछि प्रहरीले जानकारी दिने भन्दै केही बताउन मानेनन् ।
नम्वर नदेखिने फोनबाट पुनका सहयोगी बताउनेहरूले फोन गरी पुनलाई सादा पोशाकका प्रहरीले ६ गते आइतवार गोवाबाट नियन्त्रणमा लिएको जानकारी दिएका थिए ।
बुटवलका एमाले नेता वसन्त पौडेल र दुर्गा तिवारी र निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीको एक विशेष टोली नै खटाएको थियो ।
प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो ।















प्रतिक्रिया