८ कार्तिक २०८३, आइतबार

‘रन फर फनमा’ गण्डकी विकास बैंक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ फागुन । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह–प्रायोजन गरेको थियो ।

बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रही कार्यक्रमलाइ सह प्रायोजन गर्नुुका साथै आफ्ना सम्पूर्ण कर्मचारीहरु समेत सहभागी गराएको थियो ।

कार्यक्रममा बैकका अध्यक्ष जगन बहादुर गरुङ्ग, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागिय प्रमुखहरुसहित अन्य कर्मचारीहरुको पनी उल्लेखनिय सहभागिता रहेको थियो ।

बैकले आफ्नो स्थापनाकालदेखी नै शिक्षा, स्वास्थ, धार्मिक लागायत विभिन्न क्षेत्रमा अर्थिक तथा भौतिक सहयोग पुर्याउँदै आएको छ ।