२ कार्तिक २०८३, सोमबार

इन्भेस्टमेन्ट कम्पनीको नाममा ‘मिटरब्याज’को धन्दा !

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा इन्भेस्टमेन्ट कम्पनीको नाममा ‘मिटरब्याज’ कोे काम गर्दै आएका ८ जना व्यवसायी पक्राउ परेका छन् ।

आइतबार पक्राउ उनीहरुलाई नेपाल राष्ट्र बैंक तथा सहकारी विभागबाट वित्तीय कारोबारको अनुमती नलिई कारोबार गरेकाले  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कारबाही गरिने सिआइबीका डिएसपी श्याम ओलियाले बताए ।

पक्राउ पर्नेमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रा.लि.का ४० वर्षीय भीमप्रसाद चौधरी, ५० वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रा.लि., धरानका ३१ वर्षीय चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि., बिराटनगरका २७ वर्षीय राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा.लि., इटहरीका ३४ वर्षीय सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा.लि, इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य छन् ।

प्रहरीका अनुसार ओपन इन्भेष्टमेन्टबाट दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध रुपमा रकम संकलन भएको सिआइबीले जनाएको छ । छिन्ताङ इन्भेष्टमेन्टले भने केही समय अघिबाट मात्रै कारोबार गर्न सुरु गरेको थियो ।