काठमाडौं, ७ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संवैधानिक व्यवस्था विपरित अधिवक्ता दीपेन्द्र झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको खुलासा भएको छ ।
मुख्य न्यायाधिवक्तामा नियुक्ति पाएका झाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिँदै गर्दा झाको नियुक्ति प्रक्रिया र योग्यतामा विवाद खडा भएको छ ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति पाउन अधिवक्ता झा अयोग्य रहेको संघीय समाजवादी फोरम नेपालका एक नेताले बताए ।
जबकि संबिधानको धारा १६० को उपधारा ३ ले प्रदेशको मुख्यन्यायाधिवक्ता बन्न उच्च अदालतको न्यायाधीश सरहको योग्यता भएको हुनुपर्ने उल्लेख गरेको छ ।
संविधानको धारा १४० को उपधारा २ बमोजिम उच्च अदालतको न्यायाधीश बन्न १० वर्ष निरन्तर अधिवक्ताको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ । झाले १३४६७ नं. रहेको अधिवक्ताको प्रमाणपत्र २०६८ साल साउन १ गते पाएका हुन् ।
झालाई संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादवले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री राउतलाई दवाव दिएका थिए । मुख्यमन्त्री राउत संघीय फोरमका नेता हुन् ।


















प्रतिक्रिया