काठमाडौं । अभिनेत्री ऋचा शर्माले निर्माण गरेको हरर फिल्म ‘सुनकेशरी’को टिजर सार्वजनिक गरिएको छ ।
युट्युबमार्फत सार्वजनिक टिजर आधा मिनेट लामो छ । ११ जेठदेखि प्रदर्शनमा आउने फिल्मको सम्पूर्ण सुटिङ अस्ट्रेलियामा गरिएको हो ।
अर्पण थापाको निर्देशनमा बनेको फिल्ममा ऋचा स्वयं, रबीन्द्र झा, सन्नी ढकालका साथै अस्टे«लियन कलाकार लौरेन लोफ्बेर्गलगायतले अभिनय गरेका छन् ।
निर्देशक अर्पणकै लेखन रहेको फिल्मको कार्यकारी निर्माता मनोज अधिकारी छन् भने निर्मातामा भीम न्यौपाने, शर्मिला सापकोटालगायत छन् । फिल्ममा कालीप्रसाद बास्कोटा र विजय अधिकारीको संगीत छ ।
ऋचा शर्मा फिल्मका साथमा बीजी इन्टरटेन्मेन्ट, दि पिक पिक्चर्स र थर्ड आइ पिक्चर्सको प्रस्तुति रहेको सुनकेशरी नौलो प्रकारको हरर फिल्म भएको ऋचा बताउँछिन् ।
केही समयपछि फिल्मको ट्रेलर सार्वजनिक गर्ने योजना निर्माण पक्षको छ । रहस्यमय कथाको सुनकेशरीको सार्वजनिक पोस्टर र टिजरले अहिले चर्चा पाइरहेको छ ।















प्रतिक्रिया