
काठमाडौँ, ६ फागुन । स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई हराएको छ । बार्सिलोनाले उसकै मैदानमा एइबरलाई २–० गोलले अन्तरले पराजित गरेको हो ।
१६ औँ मिनेटमा लुइस स्वारेजले आकर्षक गोल गरेसँगै बार्सिलोनाले पहिला अग्रता लिएको थियो । ६६ औँ मिनेटमा ओलियान दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि एइबार दश खेलाडीमा समेटियो । जोडी आल्बाले ८८ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । जितसँगै बार्सिलोनाले अंक तालिकामा स्पष्ट दश अंकको अग्रता लिएको छ ।















प्रतिक्रिया