२ कार्तिक २०८३, सोमबार

चार नं. प्रदेशमा माओवादीका मन्त्री हटाउन माओवादीकै दवाव

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ६ फागुन । प्रदेश नम्बर ४ मा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले सल्लाह बिना नै आफू खुशी मन्त्रीमा नाम पठाएको विषयले आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।

प्रदेश नम्बर ४ मा प्रदेशसभामा १२ सिट हासिल गरेको माओवादीले एकै भेगका दुई सदस्यलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि
बढेको छ । आफ्नै दलका मन्त्रीहरूलाई हटाउन ठूलै अभियान चलाउन सक्ने एक सदस्यले बताए ।

शुक्रबार बेलुका तनहुँबाट निर्वाचित प्रदेशसभा सदस्य तथा संसदीय दलका नेतासमेत रहेका हरिबहादुर चुमान र गोरखाबाट निर्वाचित लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो । चुमानले आन्तरिक मामिला तथा कानून (गृह) र थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रीको शपथ ग्रहणमा केही सदस्य उपस्थित समेत भएनन् । उनीहरुले तत्कालै निर्णय सच्याउन पार्टी भित्रै माग गरिरहेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वसाको प्रस्तावमा आन्तरिक तयारी भइरहेको बताए ।