
काठमाडौँ, ५ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई थप उपचारका लागि आइतबार दिल्ली लगिने भएको छ ।
शुक्रबार साँझ मृगौलामा समस्या आएपछि नर्भिक अस्पताल भर्ना गरिएका खड्कालाई आइतबार दिल्ली लैजाने तयारी भएको उनका स्वकीय सचिव चुडामणी कँडेलले जानकारी दिए ।
खड्काले दुई वर्षअघि दिल्लीमा मृगौला प्रत्यारोपण गरेका थिए । त्यसपछि शुक्रबार ‘माइल्ड स्ट्रोक’का कारण अस्पताल लगिएका खड्काको अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया